क्यान्सर रोग नियन्त्रण गर्न नयाँ चेतनाको जरुरी : पूर्व स्वास्थ्य मन्त्री पोखरेल

60
Shares

लहान ७ पुस । विना विभागीय मन्त्री गिरिराजमणि पोखरेलले क्यान्सर रोग नियन्त्रण गर्न नयाँ चेतनाको आवश्यकता रहेको बताएका छन् । उनले सूर्तिजन्य पदार्थको प्रयोगलाई नियन्त्रण, संक्रिय जीवनशैली र पर्याबरणमा ध्यान दिन जोड दिएका छन् ।

नेपाल अर्बुदरोग निवारण संस्थाको २७ औँ केन्द्रीय सभालाई आज सिरहाको लहानमा उद्घाटन गर्ने क्रममा पूर्व स्वास्थ्य मन्त्री समेत रहेका पोखरेलले गोष्ठी गरेर मात्र क्यान्सर रोग नियन्त्रण हुन नसक्ने भन्दै व्यवहारिक र सैद्धान्तिक पक्षलाई ध्यान दिन आग्रह गरे ।

मन्त्री पोखरेलले भने, ‘खाद्य पदार्थ अर्गानिक छैन, विषालु छ । संक्रिय जीवनशैली छैन निस्कृय छ । यस्तो अवस्थाले क्यान्सर जस्ता रोगलाई निम्त्याउन मद्धत गर्छ । जीवनशैली परिवर्तन गर्न योग ध्यानमा जोड दिनुस् ।’

उनले क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्य पदार्थको प्रयोग नियन्त्रण गर्न अहिलेसम्म नसके पनि अर्बुद रोग निवारण सस्थाको २०२२ सम्म सूर्तिजन्य पर्दाथ मुक्त नेपाल घोषणा अभियानले सार्थकता पाओस भने । उनले क्यान्सर रोग नियन्त्रणका लागि राज्य, निजी क्षेत्र र समाजिक संघसंस्थाहरुको सहकार्य आवश्यक रहेको बताए ।

सम्वोधनका क्रममा मन्त्री पोखरेलले यसअघि स्वास्थ्य मन्त्री हुँदा गरेका कार्यहरुको स्मरण गरे । उनले स्वास्थ्यमा रहँदा स्वास्थ्य बीमा विधेयक संंसोधन सहित पास गरेर ठूलो दुर्घटनाबाट बचाएको दावी गरे ।

‘पहिलो पेश भएको बिधेयकमा धेरै त्रुटि थियो, म स्वास्थ्य मन्त्री भईसकेपछि त्यो त्रुटिलाई सच्याउने काम भयो र अहिले राम्रो विधेयक आयो,’ मन्त्री पोखरेलले अगाडी थपे ।

थोरै समय स्वास्थ मन्त्री भएपनि राप्ती स्वास्थ बिज्ञान प्रतिष्ठान, स्वास्थकर्मी र स्वास्थ सस्था सुरक्षा ऐन, स्वस्थ नेपाल समृद्ध नेपाल अभियान लगायत सैद्धान्तिक र नीतिगत कामहरु आफ्नो कार्यकालमा भएको बताए ।

क्यान्सर रोगी को उपचारको लागि १ लाख सम्म सहयोग गर्ने निर्णय आफ्नो कार्याकालमा भएको जानकारी दिदै पोखरेलले राज्यले स्वास्थ क्षेत्रमा कम्तिमा १० प्रतिशत बजेट छुटाउनुपर्ने आवश्यक रहेको बताए ।

अर्बुद रोग निवारण संस्थाको लाहानमा क्यान्सर हस्पिटल स्थापना गर्ने अभियानमा आफ्नो तर्फबाट सहयोग हुने मन्त्री पोखरेलले प्रतिबद्धता जनाए ।
कार्यक्रममा अर्बुद रोग निवारण संस्थाका केन्द्रिय अध्यक्ष लोकेन्द्र कुमार श्रेष्ठले पोखरेल स्वास्थ मन्त्री हुँदा संस्थालाई ५ करोड रुँपैया सहयोग आएको बताउँदै अरु स्वास्थ मन्त्री हुँदा सँस्थालाइ सहयोग हुन नसकेको गुनासो गरे ।

हिजोदेखी शुरु भएको सस्थाको २७ औं केन्द्रिय सभामा ४५ जिल्लाका प्रतिनिधिरपर्यवेक्षक सहभागी छन । केन्द्रीय सभाले नयाँ नेतृत्व पनि चयन गर्ने केन्द्रीय सह कोषाध्यक्ष प्रकाश खतिवडाले जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *