पूर्व स्वास्थ्य मन्त्रीद्वय थापा र बस्नेत बिजयी

92
Shares


काठमाडौँ, २३ मंसिर । प्रतिनिधिसभाको चुनावी मैदानमा रहेका पूर्व स्वास्थ्य मन्त्रीद्वय गगन थापा र शक्ति बस्नेत विजयी भएका छन् ।

काठमाडौं प्रतिनिधिसभा क्षेत्र नं ४ मा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार बनेका पूर्व मन्त्री थापाले नेकपा एमालेका राजन भट्टराईलाई ३ हजार ४ सय ११ मतले पछि पार्दै जित हासिल गरेका हुन्।

त्यसैगरी  बाम गठबन्धनबाट उम्मेदवार बनेका पूर्व स्वास्थ्य मन्त्री शक्ति बस्नेत पनि जाजरकोट क्षेत्र नं १  बाट विजयी भएका छन् । उनी ३२ हजार २ सय ८१ मतसहित विजयी भएका हुन्।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार राजिवबिक्रम शाह २३ हजार २ सय ८९ मत ल्याएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *