स्कुले किशोरी र तिनका आमालाई प्रजजन स्वास्थ्य सम्वन्धी प्रशिक्षण

40
Shares

काठमाडौँ, ११ मंसिर । स्कुले किशोरी तथा तिनका अभिभावकहरुलाई प्रजनन स्वास्थ्यका बारेमा प्रशिक्षण दिइएको छ ।

सोमबार  डा. तोसीमा कार्कीले बसुन्धरास्थित माउन्ट ग्लोरी स्कुलमा कक्षा ६ देखी १० सम्म अध्ययन गरेका छात्राहरु र तिनका आमाहरु गरी करीब १५० जनालाई प्रशिक्षण दिएकी हुन् । उनले प्रशिक्षणमा प्रजनन स्वास्थ्य, किशोरावस्थामा हुने परीवर्तन र त्यससमा आफूलाई कसरी अभ्यस्त बनाउने भन्ने बारेमा केन्द्रीत रहेको बताइन ।

कार्यक्रममा स्कुले किशोरीहरुले उमेर अवस्थासंगे हुने परिवर्तन, महिनाबारी बेला बढी पेट दुख्ने समस्या तथा त्यसका समाधानका उपायका बारेमा प्रश्न राखेका थिए ।

एलसी नेपाल हिमालयन एक्सिलेन्स, लियो नेपाल एक्सिलेन्सको सहयोगमा भएको उक्त कार्यक्रममा सहभागीहरुलाई महिनाबारीका बेला प्रयोग हुने सेनीटरी प्याड समेत वितरण गरिएको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *