डेण्टल क्लिनिक र औषधि पसलमा शिलबन्दी

132
Shares

नेपालगञ्ज, ९ मंसिर । बजार अनुगमन टोलीले नवीकरण नगरी सञ्चालन गरिरहेकोे नेपालगञ्जका एक औषधि पसल र एक डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको छ ।

जिल्ला प्रशासन कार्यालय, वाणिज्य कार्यालय, औषधि व्यवस्था विभाग र प्रहरीसहितको अनुगमन टोलीले शुक्रबार गरेको बजार अनुगमनका क्रममा नवीकरण नगरी सञ्चालन गरिरहेको पाइएकाले ती औषधि पसल र डेण्टल क्लिनिकको सेवा तथा कारोबार बन्द गराएको हो ।

यहाँको बिपी चोकस्थित बिन्दवासिनी मेडिकल हल र बाँके डेन्टल क्लिनिकको कारोबार बन्द गरेको हो ।

अनुगमन टोलीले यहाँका अधिकांश औषधि पसल र क्लिनिकमा फारमेसिस्ट व्यवसायी नभई अन्य कर्मचारीले औषधि बेच्ने गरेको, औषधिको रेकर्ड नराखेको र नवीकरण नगरी व्यवसाय सञ्चालन गरेको फेला पारेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *