उत्कृष्ठ आयकर तिर्ने संस्था बन्यो आरोग्य फाउन्डेशन

388
Shares

काठमाडौँ, ८ मंसिर । पुल्चोकस्थित आरोग्य फाउन्डेशन गत आर्थिक बर्षमा सरकारलाई सबैभन्दा बढी आयकर तिर्ने संस्था बनेको छ । छैटौ राष्ट्रिय कर दिवसको अवसरमा विहीबार आयोजित विशेष कार्यक्रममा आर्थिक बर्ष २०७२ /२०७३ मा सबै भन्दा बढी आयाकर दाखिला गर्ने संस्थाको रुपमा फाउन्डेशनलाई सम्मान गरिएको हो ।

आन्तरिक राजश्व विभाग र नेपाल उद्योग बाणिज्य महासंघको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा अर्थ सचिव शंकर अधिकारी र महासंघका अध्यक्ष भवानी राणाले फाउन्डेशनका अध्यक्ष आनी छोइङ डोल्मा र महासचिव डा पुकार चन्द्र श्रेष्ठलाई सम्मानपत्र प्रदान गरेका थिए ।

आरोग्य फाउन्डेशन गैर नाफा मुलक संस्था हो । सो संस्थाले मिर्गौला डायलासिस सहित प्रत्यारोपण गर्ने विरामीका लागि प्रयोगशाला परीक्षणको सेवा दिदै आएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *