पाकिस्तानी राजदूतद्धारा भरतपुर आँखा अस्पतालको नवनिमित भवन उद्घाटन

72
Shares

 

चितवन, २५ कात्तिक ।भरतपुर आँखा अस्पतालमा निर्माण भएको  चस्मा औषधि एवं रजिष्ट्रेशन भवन आजबाट सञ्चालनमा आएको छ ।

नेपालका लागि पाकिस्तानी राजदूत डा. मजहर जावेदले आज एक कार्यक्रमका बीच नव निर्मित भवनको उद्घान गरेपछि सञ्चालनमा आएको हो ।नेपाल नेत्रज्योति संघद्वारा सञ्चालित भरतपुर आँखा अस्पताल परिसरमा निर्माण गरिएको छ ।

यस्तै अस्पताल परिसरमा निर्मित पञ्चकुमार कृष्णकुमारी पिया धर्मशालाको भने दाता पञ्चकुमार र कृष्णकुमारी पियाले आजै उद्घाटन गरे।

धर्मशाला निर्माण गर्न रु २३ लाख २२ हजार र चस्मा, औषधि र रजिष्ट्रेशन भवन निर्माण गर्न रु ३७ लाख १० हजार ३६८ लागत लागेको सो अवसरमा जानकारी दिइयो । चस्मा, औषधि र रजिष्ट्रेशन भवन निर्माण गर्न पाकिस्तानी राजदूतावासले सहयोग उपलब्ध गराएको हो ।

सो अवसरमा राजदूत जावेदले पाकिस्तानको सहयोगमा अस्पतालमा महत्वपूर्ण काम भएको भन्दै उनले यस्ता क्षेत्रमा काम गर्न पाउँदा खुशी लागेको बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *