डाइलासिस सेवामा विद्युत् व्याकअपको अभाव

36
Shares

काँकडभिट्टा, २४ कात्तिक । पछिल्लो समय सुधारोन्मुख मेची अञ्चल अस्पतालले तीन शय्याको निःशुल्क हेमो डाइलासिस सेवा शुरु गरेसँगै बिरामीको चाप बढ्न थालेको छ ।

बिर्तासिटी र ओमसाई पाथिभरा अस्पतालले यसअघिदेखि नै डाइलासिस सेवा शुरु गरेको भए पनि सरकारी अस्पतालमा तीन महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हो ।

अस्पतालमा चारवटा डाइलासिस उपकरण छन् । जसमध्ये तीन वटा सञ्चालनमा र एउटा व्याकअपमा राखिएको हेमो डाइलासिस वार्डकी इञ्चार्ज स्मृति पाण्डेले जानकारी दिइन्। सरकारी अस्पताल भएकाले यहाँ डाइलासिस गराउन आउनेको चाप बढ्न थालेको वार्ड इञ्चार्ज पाण्डे बताउछिन् ।

अस्पताललाई दुई वटा उपकरण स्वास्थ्य मन्त्रालयले दिएको र थप दुई वटा उपकरण आन्तरिक स्रोतबाट खरिद गरिएको हो । कृत्रिम किड्नीको काम गर्ने डाइलाइजर र औषधिसमेत अस्पतालबाटै उपलब्ध गराइएको पाण्डेले बताइन् ।

शनिबारबाहेक हप्तामा छ दिन डाइलासिस सेवा दिइँदै आएको मेची अञ्चल अस्पतालमा सो सेवा सञ्चालनका लागि विद्युत् व्याकअपको भने अभाव छ ।चौबीसै घण्टा विद्युत् व्याकअप चाहिने यस सेवाका लागि अस्पतालमा जेनेरेटरको व्यवस्था बाहेक अर्को विकल्प छैन ।

डाइलासिस सेवाका लागि दुईजना नर्सिङ स्टाफ र एकजना प्राविधिकलाई खटाइएको छ । अस्पतालको डाइलासिस सेवा राम्रो भएको सेवाग्राहीले बताएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *