हेल्थ असिस्टेन्टद्धारा सि.अ.हे.व सहजकर्ता भएको तालिम बहिष्कार

980
Shares

कपिलवस्तु, १७ कार्तिक। जिल्ला स्वास्थ्य कार्यालय, कपिलवस्तु ले अयोजना गरेको क्षयरोग अधारभुत तालिम हेल्थ असिस्टेन्टहरू (हे.अ) ले बहिष्कार गरेका छन्। हेल्थ असिस्टेन्टहरूलाई तालिम दिने सहजकर्ताहरू हे.अ भन्दा कनिष्ठ सि.अ.हे.व रहेको भन्दै तालिममा सहभागि हे.अ हरूले तालिम बहिष्कार गरेका हुन्।

तालिम सुरू भए लगतै हे.अ हरूले तालिम गुणस्तरीय हुनु पर्ने तथा सहजकर्ता हे. अ भन्दा बरिष्ठ हुनु पर्ने तगाएतका माग राखेपछि विवाद उत्पन्न भएको थियो।

बहिष्कार पछि हे.अ हरूले तालिम गुणस्तरीय हुनु पर्ने, सहजकर्ता हे. अ भन्दा बरिष्ठ हुनु पर्ने तथा तालिम सोहि समुहलाई तत्काल हुनु पर्ने तगाएतका माग राखेर जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तु मा ‘डेलिकेसन’ गएका थिए।

जिल्ला स्वास्थ्य प्रमुख योगेन्द्र प्रसाद भगत ले उक्त कार्यक्रम तत्कालको लागि स्थगित गरिएको र केही समयमा नै क्षेत्रिय स्वास्थ्य निर्देशनालय संग सहकार्य गरि हे.अ भन्दा वरिष्ठ सहजकर्ता बाट कार्यक्रम संचालन गर्ने जानाकारी गराएका छन्।

तालिम प्रेमसागर होटल गोरूसिंगे कपिलवस्तुमा मिति २०७४।०७।१६ गते देखि १८ गते सम्म संचालन गर्ने तय गरिएको थियो। उक्त तालिममा कपिलवस्तु जिल्ला अन्तरगत कार्यरत १९ जना हे. अ हरू सहभागि भएका थिए।

यसै बिच हेल्थ असिस्टेन्ट संघ नेपाल कपिलवस्तु का अध्यक्ष दुर्गेसलाल चाैधरी ले कपिलवस्तु जिल्ला अन्तरगतका सम्पुर्ण हे अ हरूलाई  उक्त तालिममा हे.अ का माग सम्बोधन नहुदा सम्म सहभागी नहुन र आफ्नो स्वास्थ्य चाैकि अन्तरगतका स्वास्थ्यकर्मी हरू लाई  समेत सहभागिता नगराइ दिन अनुरोध गरेका छन्।

 

 

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *