प्रभावकारी बन्दै बेनी अस्पतालको स्वास्थ्य सेवा

132
Shares

बेनी,  २९ असोज । म्याग्दीको सदरमुकाम बेनीबजारस्थित बेनी अस्पतालको स्वास्थ्य सेवा प्रभावकारी बन्दै गएको छ ।

जिल्लामै शल्यक्रियासहितको प्रसूति सेवा, डिजिटल एक्सरे सेवा, जटिल प्रकारका शल्यक्रिया, डेन्टल र अस्पतालको आफ्नो फार्मेसी सेवा सञ्चालनमा आएपछि अस्पतालमा बिरामीको भीड बढ्नुका साथै सेवा प्रवाह प्रभावकारी बनेको हो ।

निक साइमन्स इस्टिच्युटको सहयोगमा शल्यक्रियासहितको प्रसूति सेवा जिल्ला अस्पतालमै सञ्चालन गरेपछि हालसम्म १७४ जनाको सफल शल्यक्रिया गरिएको अस्पतालका क्लिनिकल कोअर्डिनेटर डा धीरेन्द्रकुमार मल्लले बताए ।

उनले एपेन्डिसाइटिसको ३५, हाइड्रोसिल ६२, हर्निया ६५ र पाठेघरभन्दा बाहिर बच्चा बसेको छ वटाको सफलतापूर्वक शल्यक्रिया गरिएको जानकारी दिए ।

अहिले पनि मासिक रुपमा ६० देखि ७० वटासम्म हाडजोर्नीसम्बन्धी शल्यक्रिया गर्ने गरिएको छ भने हजारौँको सामान्यक शल्यक्रिया भइसकेको उनको भनाइ छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *