संसद भवनमा धर्ना दिन गएका दर्जन चिकित्सक विद्यार्थी गिरफ्तार

56
Shares

काठमाडौँ, ९ असोज । माफिया मुखी चिकित्सा शिक्षा विधेयक पारित हुन लागेको भन्दै संसद भवन नयाँ बानेश्वरमा धर्ना दिन पुगेका करीब एक दर्जन चिकित्सक तथा विद्यार्थीहरु गिरफ्तार भएका छन् । उनीहरुलाई प्रहरीले तिनकुनेस्थित प्रहरी बृत्तमा लगेर राखेको छ ।

गिरफ्तार हुनेहरुमा शशि विक्रम कार्की, विशद दाहाल, डा जीवन क्षेत्री, नवराज थापा, पुकार बम, सस्मित पोखरेल रहेका छन् । त्यस्तै
रविन्द्र बानियाँ, डा अभिशेक सिंह, जगनाथ लामिछाने, लेलिन विष्ट र कश्यप श्रेष्ठ रहेको संगै गिरफ्तारिमा परेका विशद दाहालले जनाए ।

यता माफिया गिरि पक्षपोषण गर्ने गरी तयार पारिएको चिकित्सा शिक्षा विधयेक आजै पारित हुन लागेको भन्दै त्यसको विरोधमा डा. गोविन्द केसीले १२ औँ अनसन थाल्दैछन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *