विश्व मुटु दिवसको अवसरमा नेपाल हार्ट नेटवर्कको र्याली (फोटो फिचर)
काठमाडौँ, ७ असोज । विश्व मुटु दिवसको अवसरमा नेपाल हार्ट नेटवर्कले प्रभातफेरी (र्याली)को आयोजना गरेको छ । विहान पौने सात बजे देखि शुरु भएको र्यालीमा मुटुरोगसंग सम्वन्धित विभिन्न १९ वटा संस्थाहरुको सहभागीता थियो ।
काठमाडौँको थापाथलिबाट शुरु भएको र्याली पाटन दरबारस्क्वायरमा पुगेर टुंगिएको थियो । र्यालीमा सहभागीहरुले मुटुरोगको जोखिम बढेको र यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका उपायहरु झल्किने पोष्टर तथा पम्लेटहरु प्रदर्शन गरेका थिए ।
र्यालीमा चिकित्सक , विद्यार्थी, सामाजिक संस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरुको सहभागिता थियो ।





नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



