जटिल रोग लागेका ७७१ जना विपन्नको उपचारमा ४ करोड ४० लाख खर्च

0
Shares

इटहरी, ८ भदौ । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले गतवर्ष विपन्न नागरिक औषधि उपचार कोषमार्फत पूर्वी नेपालका ७७१ जना जटिल रोगबाट पीडित नागरिकहरुको उपचार गरेको छ ।

विशेषगरी मुटु, मिर्गौला, फोक्सो, स्पाइनल इन्जुरी, क्यान्सर, मधुमेह, अल्जाइमर्स र पार्किन्सन जस्ता रोगबाट पीडित भएका नागरिकलाई राज्यले उपचार गर्ने स्वास्थ्य नीतिबमोजिम ती रोगीको उपचार गरिएको प्रतिष्ठानले जनाएको छ ।

पूर्वी नेपालका विभिन्न जिल्लाबाट सिफारिस भई आएका ती बिरामीले रु चार करोड ४० लाख ३१ हजार बराबरको उपचार सेवा पाएका छन् । सरकारको विपन्न औषधि उपचार कोषबाहेक प्रतिष्ठानमा उपचारका लागि आएका विभिन्न जिल्लाका अन्य रोगीको अवस्था हेरी प्रतिष्ठान आफैँले रु तीन करोड १२ लाख ६१ हजार बराबरको औषधोपचार गरेको पनि प्रतिष्ठान प्रशासनले जानकारी दिएको छ ।

त्यस अवधिमा प्रतिष्ठानले सबैभन्दा बढी गरिब उपचार कोषबाट २३४ मुटु रोगी, १३४ क्यान्सर र २८५ जना मिर्गौला रोगीको सफल उपचार गरेको जनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *