राष्ट्रिय खोप कार्यक्रममा दुईवटा नयाँ खोप थपिदै

20.2k
Shares

काठमाडौँ, २ साउन । सरकारले राष्ट्रिय खोप कार्यक्रममा थप दुईवटा नयाँ खोप थप्ने भएको छ ।

नयाँ थपिने खोपहरुमा रोटाभाइरस विरुद्धको खोप र पोलियो रोग विरुद्धको खोप एफआईपीभी रहेका छन् ।

स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखा खोप शाखा प्रमुख कृष्णबहादुर चन्दले दुई खोप थपिन लागेको जानकारी दिए । उनले पोलियो रोग विरुद्धको खोप एफआईपीभी आगामी कात्तिक मंसिर र रोटाभाइरस विरुद्धको खोप पुस माघसम्म कार्यान्वयनमा ल्याउने तयारी गरेको छ । दुबै खोप गाभीको सहयोगमा आउन लागेको हो ।

बाल स्वास्थ्य महाशाखाका खोप अधिकृत भरत भण्डारीले रोटाभाईरसको खोप ६ र १० हप्तामा गरी दुईपटक मुखबाट खुवाउने र एफआईपीभी सुईको रुपमा लगाउने बताए ।

उनले सन २०१५मा सुरु भएको आईपीभी खोप अभावका कारण बन्द भएपछि विकल्पको रुपमा नयाँ खोप एफआईपीभी सूर गर्न लागिएको बताए । रोटाभाइरसको खोप भने पनि नयाँ हो । यो खोप निजी स्वास्थ्य संस्थाले महंगो शुल्क लिएर लगाउने गरेको छ ।

सरकारले राष्ट्रिय खोप कार्यक्रम मार्फत बालबालिकालाई ११ वटा खोप निशुल्क उपलव्ध गराउँदै आएको छ ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *