जापानले त्रिवि शिक्षण अस्पताललाई ७० करोडको उपकरण दिने

464
Shares

काठमाडौँ, ३१ असार । महाराजगञ्जस्थित त्रिभुवनविश्वविद्यालय शिक्षण अस्पताललाई जापान सरकारले करिब रु ७० करोड बराबरको स्वास्थ्य उपकरण सहयोग गर्ने भएको छ ।

अस्पतालका निर्देशक डा दीपक महराले अगामी डिसेम्बर महिनासम्ममा ती उपकरण अस्पतालमा आइसक्ने बताए । रकमको सट्टा उपकरण भएमा अस्पतालाई सहज हुने प्रस्ताव राखेकाले त्यसै अनुरुप जापान सरकारले सहयोग गर्न लागेको महराको भनाइ छ ।

जापानले दुई वर्षअघिको भूकम्पका समयमा अस्पताललाई उपकरण खरिदमा रकम सहयोग गर्ने वचन दिएको थियो । तर अस्पतालले रकमको सट्टा उपकरण नै दिन आग्रह गरेपछि उपकरण दिन जापान राजी भएको थियो ।

एमआरआई मेसिन, स्तन क्यान्सर जाँच गर्ने मेमोग्राम मेसिन, अल्ट्रा साउण्डलगायत अन्य शल्यकक्षमा प्रयोग हुने उपकरण आउने निर्देशक महराले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *