श्राद्धको प्रसाद खाँदा भएका बिरामी उपचार पछि ‘डिस्चार्ज’

काठमाडौँ,१४ जेठ । श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई टेकु अस्पताल ल्याइएका धादिङ आदमटार ६ का स्थानीयहरु उपचार घर फर्कन थालेका छन् । अस्पतालले भर्ना भएका ५४ मध्ये अधिकाशलाई डिस्चार्ज गरिदिएको छ ।
अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले अहिले ५४ मध्ये १० देखि १२ जना मात्रै अस्पतालमा रहेको र उनीहरुलाई पनि आजै डिस्चार्ज गर्ने तयारी भएको बताए ।
गत मंगलबार श्राद्धको प्रसाद खाएपछि ज्वरो आउने पेट दुख्ने र झाडा बान्ता हुने समस्या भएपछि उनीहरुलाई बुधबारबाट टेकु अस्पताल ल्याउन थालिएको थियो ।
एकैपटक ठूलो संख्यामा विरामीहरु आएपछि अस्पतालले विरामीलाई भूईमा समेत राखेर उपचार गरेको थियो ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



