श्राद्धको प्रसाद खाँदा भएका बिरामी उपचार पछि ‘डिस्चार्ज’

काठमाडौँ,१४ जेठ । श्राद्धको प्रसाद खाँदा गम्भीर विरामी भई टेकु अस्पताल ल्याइएका धादिङ आदमटार ६ का स्थानीयहरु उपचार घर फर्कन थालेका छन् । अस्पतालले भर्ना भएका ५४ मध्ये अधिकाशलाई डिस्चार्ज गरिदिएको छ ।

अस्पतालका निर्देशक डा रमेशकुमार खरेलले अहिले ५४ मध्ये १० देखि १२ जना मात्रै अस्पतालमा रहेको र उनीहरुलाई पनि आजै डिस्चार्ज गर्ने तयारी भएको बताए ।

गत मंगलबार श्राद्धको प्रसाद खाएपछि ज्वरो आउने पेट दुख्ने र झाडा बान्ता हुने समस्या भएपछि उनीहरुलाई बुधबारबाट टेकु अस्पताल ल्याउन थालिएको थियो ।

एकैपटक ठूलो संख्यामा विरामीहरु आएपछि अस्पतालले विरामीलाई भूईमा समेत राखेर उपचार गरेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *