दिनमा अन्डा कतिवटा खाने ?

1.8k
Shares

कुखुराको अन्डा स्वास्थ्यका लागि लाभदायी भए पनि खाने तरिका मिलाउन जान्नुपर्ने विज्ञहरू बताउँछन् ।

अन्डाको पहेँलो भागमा कोलेस्ट्रोलको मात्रा बढी हुने भएकाले खाने व्यक्तिले विशेष ख्याल गर्नुपर्ने सुझाब विभिन्न अध्ययनपछि दिइँदै आएको पनि पाइन्छ ।

तर, पछिल्लो एक अध्ययनले मानव शरीरलाई अन्डामा हुने कोलेस्ट्रोलले कुनै असर नगर्ने बताएको छ ।

अमेरिकन हर्ट एसोसिएसनले स्पष्ट पारेको छ– ‘अन्डाको कोलेस्ट्रोलले शरीरमा नकारात्मक प्रभाव पार्दैन ।’  विशेष अध्ययनपछि एसोसिएसनले यस्तो घोषणा गरेको हो । ‘हरेक दिन जोकोही स्वस्थ व्यक्तिले तीन सय मिलिग्रामसम्म कोलेस्ट्रोल सेवन गर्न सक्छ,’ एसोसिएसनले भनेको छ, ‘तीन सय मिलिग्राम कोलेस्ट्रोल प्राप्त गर्न एकदेखि डेढवटा अन्डा सेवन गर्नुपर्छ ।’

अन्डामा प्रोटिन, भिटामिन बी–१२, रिवोफ्लभिन र भिटामिन डी पाइन्छ । यस्ता तत्वले शरीर स्वस्थ राख्न सघाउ पु¥याउँछ । अध्ययनमा संलग्न विज्ञहरूले भनेका छन् कि मासु या कार्बोहाइड्रेटयुक्त खाना खानुभन्दा अन्डा सेवन गर्नु शरीरका लागि बढी फाइदाजनक हुन्छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *