एमडी/एमएस प्रवेश परीक्षामा चिट चोर्ने दुई डाक्टर पक्राउ

काठमाडौँ, ९ बैशाख । त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमद्धारा आज सञ्चालित एमडीएमएस तहको प्रवेश परीक्षामा चिट चोर्ने दुई जना डाक्टर पक्राउ परेका छन् ।

कानमा डिभाइस राखेर चिट चोरिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् । पक्राउपर्नेमा डा अभिषेक आचार्य र मनसा भोहरा रहेका छन् । आचार्य कमलपोखरीस्थित किष्ट कलेजबाट र भोहरा महाराजगंजस्थित त्रिवि नर्सिङ कलेजबाट पक्राउ परेका हुन् ।  आइओएम परीक्षा समितिले उनीहरुलाई परीक्षाहलबाटै नियन्त्रणमा लिई प्रहरीलाई बुझाएको हो ।

महाराजगञ्ज प्रहरीबृतका डीएसपी गोविन्द पुरीले उनीहरुमाथि अनुसन्धान अघि बढाएको बताए । डीभाईस प्रयोग गरि चिट चोरि नौलो भएको भन्दै प्रहरीको प्राविधिक टोलीले त्यसको अध्ययन समेत गरेको उनले बताए ।

आजको प्रवेश परीक्षामा २ हजार ९५० नेपाली र २५० विदेशी गरी ३ हजार २ सय डाक्टर सहभागी भएको आइओएमका डीन प्राडा जगदीश प्रसाद अग्रवालले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *