दर्ता विना सञ्चालित तीनवटा अस्पतालमा सिल

2.3k
Shares

सर्लाही ९ बैशाख । सरकारी अनुगमन टोलीले दर्ता विना सञ्चालन भएका बरहथवा बजार सर्लाहीका तीनवटा अस्पताललाई सिल गरेको छ । साथै सम्पूर्ण काजजात सहित सात दिन भित्र जिल्ला जनस्वास्थ्य कार्यालयमा आउन समेत निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलको नेतृत्वमा आएको टोलीले बरहथवा बजारमा रहेको धर्मेश्वर हस्पिटल, अल्वट एण्ड दिपेश पाथिभरा अस्पताल र मुक्तेश्वर अस्पतालमा शिल गरेको हो । स्थानीयका अनुसार ती मध्ये केही अस्पतालमा एक जना पनि चिकित्सक छैनन् । नाम मात्रैको अस्पताल हुन् ।

टोलीले अस्पतालको अस्पतालको फोहर व्यवस्थापनमा समेत हेलचेक्राई अस्पताल सञ्चालकलाई सचेत गराएको स्थानीय पत्रकार सलमान अन्सारीले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *