दर्ता विना सञ्चालित तीनवटा अस्पतालमा सिल

सर्लाही ९ बैशाख । सरकारी अनुगमन टोलीले दर्ता विना सञ्चालन भएका बरहथवा बजार सर्लाहीका तीनवटा अस्पताललाई सिल गरेको छ । साथै सम्पूर्ण काजजात सहित सात दिन भित्र जिल्ला जनस्वास्थ्य कार्यालयमा आउन समेत निर्देशन दिएको छ ।

जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद खरेलको नेतृत्वमा आएको टोलीले बरहथवा बजारमा रहेको धर्मेश्वर हस्पिटल, अल्वट एण्ड दिपेश पाथिभरा अस्पताल र मुक्तेश्वर अस्पतालमा शिल गरेको हो । स्थानीयका अनुसार ती मध्ये केही अस्पतालमा एक जना पनि चिकित्सक छैनन् । नाम मात्रैको अस्पताल हुन् ।

टोलीले अस्पतालको अस्पतालको फोहर व्यवस्थापनमा समेत हेलचेक्राई अस्पताल सञ्चालकलाई सचेत गराएको स्थानीय पत्रकार सलमान अन्सारीले बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *