साइक्याट्रिक एसोशिएसनको अध्यक्षमा डा. अरुण कुवर

0
Shares

काठमाडौँ २६ चैत । ‘साइक्याट्रिक एसोशिएसन अफ नेपाल’को नेतृत्व गर्न डा अरुण कुवर छनौट भएका छन् । राजधानीमा शुक्रबार सम्पन्न साइक्याट्रिकहरुको भेलालले डा कुवँरको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिमा उपाध्यक्षको जिम्मा डा रबी शाक्य र महासचिवको जिम्मा डा सन्दीप सुवेदीलाई दिइएको छ । सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षमा क्रमश डा रितेश थापा, डा निना राई र डा विषव कोइराला चयन भएका छन् ।

यसैगरी कार्यसमितिको सदस्यहरुमा डा सगुन पन्त, डा विक्रम काफ्ले र डा खगेन्द्र काफ्ले चयन भएको जानकारी नवनिर्वाचित अध्यक्ष डा कुँवरले बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *