नेपाल चर्म, यौन तथा कुष्ठ रोग समाजमा डा श्रेष्ठ

4
Share

काठमाडौँ, २० चैत । नेपाल चर्म, यौन तथा कुष्ठरोग समाजको दुईवर्षे कार्यकालका लागि डा सृष्टि श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।

शनिबार भएको समाजको १३औँ साधारणसभाले निवर्तमान अध्यक्षमा डा गोविन्द पोखरेल, उपाध्यक्षमाा डा सुदीप पराजुली, सचिवमा डा सुशील पौडेल, कोषाध्यक्षमा डा मनिषा सिंह र संयुक्त सचिवमा डा शुभेच्छा कार्कीलाई निर्वाचित गरेको छ ।

प्रधान सम्पादकमा डा सरस्वती शर्मा न्यौपाने र सदस्यहरुमा डा सविना भट्टराई र अनिलकुमार दासलाई चयन गरेको काठमाडौँ मेडिकल कलेजका सहप्राध्यापक तथा समाजका सदस्य डा सविना भट्टराईले जानकारी दिइन्

शनिबार नै समाजले आफ्नो विश्व छाला दिवस र समाजको स्थापना दिवस पारेर पहिलो पटक नेपालमा विश्व छाला दिवस पनि मनाएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *