आँखा शिविरमा छ सय ८४ जनाले लिए उपचार

0
Shares

चौतारा, १९ चैत । सिन्धुपाल्चोकको जलबिरेमा शुक्रबार आयोजित निःशुल्क आँखा शिविरमा छ सय ८४ जनाले उपचार पाएका छन् ।

कमजोर आर्थिक अवस्था र विभिन्न कारणले राजधानीमा गई उपचार गर्न असमर्थ जलबिरे तथा आसपासका बासिन्दाले निःशुल्क आँखा उपचार पाएका हुन् ।

बलेफी गाउँपालिकाअन्तर्गत साबिक जलबिरे गाविसस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा आयोजित पाँचदिने सो शिविरमा छ सय १० को सामान्य उपचार र ६३ जनाको मोतिबिन्दुको शल्यक्रिया भएको थियो ।

सुनकोशी–इन्द्रावती समाज सिन्धुपाल्चोकको संयोजनमा बिपी कोइराला नेत्र अध्ययन केन्द्र त्रिविवि शिक्षण अस्पताल र बिपी स्मृति स्वास्थ्य प्रतिष्ठानद्वारा आयोजित सो शिविरमा प्रतिष्ठानका प्रमुख उपप्राध्यापक डा रञ्जु सिटौलाको नेतृत्वमा १४ चिकित्सकको सहभागिता थियो ।

शिविरमा शल्यक्रिया गर्नुपर्ने ११ बिरामीलाई त्रिविवि शिक्षण अस्पतालमा पठाइएको र त्यहाँ परीक्षण गरेका सबै बिरामीलाई सो अस्पतालमा निःशुल्क उपचार गरिने समाजका अध्यक्ष भूपेन्द्रबहादुर थापाले जानकारी दिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *