मानसिक सन्तुलन गुमाएकी सुत्केरीको उद्धार

झापा, १८ चैत । मानसिक सन्तुलन गुमाएकी एक सुत्केरीको आज बिहान झापाको बाहुनडाँगीस्थित भृकुटी बजारबाट उद्धार गरेको छ ।

स्थानीयवासीको सहयोगमा महिला तथा बालबालिका कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाले उनलाई उद्धार गरेर उपचारका लागि मेची अञ्चल अस्पताल भद्रपुर लगिएको छ ।

मधेसी मूलकी जस्ती देखिने नाम ठेगाना नखुलेकी करिब २५ वर्षीया ती महिलाले आज बिहानै मान्छे नबस्ने एउटा खाली टहरोमा शिशु जन्माएकी इलाका प्रहरी कार्यालय, काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक दुर्गा रेग्मीले बताए।

सुत्केरी हुँदा अत्यधिक रक्तस्राव भएका कारण कमजोर भएकी र नवजात शिशुको अवस्थासमेत बेवारिसे भएकाले तत्कालै उद्धार गरी अस्पताल पु¥याइएको महिला तथा बालबालिका कार्यालय, झापाका प्रमुख इन्दिरा ओझाले बताए ।

मेची अञ्चल अस्पतालमा उपचाररत ती महिलालाई रगत दिइएको छ भने शिशुको अवस्था सामान्य रहेको प्रमुख ओझाले जानकारी दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *