अब सितापाइलाबाट पनि आरोग्य प्रतिष्ठानको डायलासिस सेवा

232
Shares

ललितपुर १४ चैत । पुल्चोकस्थित आरोग्य प्रतिष्ठानले मिर्गौला फेल भएका विरामीका लागि चाहिने डायलासिस सेवा विस्तार गरेको छ । प्रतिष्ठानले आईतबार देखि काठमाडौँको सितापाईलास्थित सुभेक्षा हस्पिटलबाट समेत डायलासिस सेवा दिन थालेको छ ।

लक्ष्मणबाबु मेमोरियल ट्रष्टले उपलव्ध गराएको दुईवटा डायलासिस मेसिन सितापाईलास्थित सुभेक्षा हस्पिटलमा राखेर प्रतिष्ठानले आफ्नो सेवा सितापाईलाबाट विस्तार गरेको हो । मेसिनसंगै प्रतिष्ठानले आफूकहाँ डायलासिस गराउँदै आएका २४ जना विरामीलाई समेत सुभेक्षामा रहेको शाखामा पठाएको छ ।

‘काठमाडौँका पश्चिमी भेगका विरामीहरु डायलासिसका लागि पुल्चोकस्थित आरोग्यमा आउने गर्नुभएको थियो । उहाँहरुलाई पुल्चोक आईरहन भन्दा सितापाइलामा नै शाखा खोलिदिए झनै सजिलो हुने भयो भन्ने हेतुले सुभेक्षा हस्पिटलमा हाम्रो डायलासिस युनिट खडा गरेका हौँ,’ प्रतिष्ठानका महासचिव समेत रहेका मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठले भने ।

मंगलबार आयोजित विशेष समारोहमा डायलासिस सेवाको शुभारम्भ प्रतिष्ठानका अध्यक्ष आनी छोइङ डोल्मा, मिर्गौलारोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ र ट्रष्टका अध्यक्ष राजुबाबु श्रेष्ठले संयुक्तरुपमा गरेका थिए ।

डा श्रेष्ठले सुभेक्षामा हुने डायलासिस समेत आरोग्यमा जस्तै निशुल्क रहेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *