रौतहट स्वास्थ्य शिविरमा ठोक्किन आएका कथा व्यथा (फोटो फिचर सहित)

काठमाडौँ, १३ चैत । स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको सहकार्यमा रौतहटको गौरमा सञ्चालित निशुल्क सघन स्वास्थ्य शिविरमा परीक्षण गराउन आउनेको भिड अझ् घटेको छैन् ।

गौर खेल मैदानमा ८ चैत देखि सञ्चालित शिविरमा पाँचौँ दिन शनिबारसम्म ५ हजार ६६२ जनाको स्वास्थ्य परीक्षण भएको छ । साना ठुला गरि १०५ जनाको शल्यक्रिया भैसकेको छ । शिविरमा रौतहटका छिमेकी जिल्लाका अलावा सीमा पारी भातरीय बजार बैरगनियाबाट समेत मानिसहरु स्वास्थ्य परीक्षणका लागि आएका छन् ।

पहिलो पटक मन्त्रालय र सेनाबीचको सहकार्यमा मधेशमा गरिएको शिविरमा आफूहरुलाई निकै राहत पुगेको रौतहट बंजराका २७ बर्षीय बिनयकुमार बताउछन् । हाईड्रोशिलको अप्रेसनका लागि पालो पर्खेर बसेका उनले निशुल्क स्वास्थ्य शिविरबाट स्थानीय जनताले निकै लाभ लिएको बताए ।

उता लामो समय देखि आङ खस्ने समस्या लिएर बसेकी गौरकी ५० बर्षीया भगवन्ती देवीले आफूले कहिल्यै यति सजिलो उपचार पाईएला भनेर नसोचेको बताइन् । ठूला अस्पतालमा गएर उपचार गर्न आर्थिक अवस्थाले दिएन । १५ बर्ष देखि व्यथा खपेर हिडेँ । अप्रेसन पछि अस्पतालको शैया छोरा बुहारीको साथमा रहेकी भगवन्तीले भनिन् , सरकारले हाम्रो व्यथा बुझ्यो ।

उता शिविर चल्नु अघिल्लो दिनमै सेवा लिएकी ३० बर्षीया सुखियादेविको कथा अर्कै छ । कर्कछ, कर्मैयाकी उनी लामो समय व्यथा लागेपनि सुत्केरी हुन सकिनन् । व्यथा लागेकै बेला उनी लड्न पुगिन् झन पिडा थपियो । परिवारले रौतहट ल्याइपुरयायो । भोलीबाट शिविर राख्ने तयारीमा लागेको सेनाको टोलीले जटिल केश भन्दै आकस्मिक अप्रेसन गरिदियो । झण्डै मरिसकेको शिशु समेत व्युताईदियो । सेनाका डाक्टर उदय बज्राचार्य भन्छन्, ‘त्यो दिन हाम्रो टिम नभएको भए आमा र बच्चा दुबैको ज्यान जाने थियो ।’

त्यसो त  विविध कारणले केन्द्र र मधेशबीचको सम्वन्ध चिसिदै गएको बेला गौरमा राखिएको निशुल्क स्वास्थ्य शिविरले राज्यपक्षसंग चिसिएको सम्वन्धलाई सुधारेको देखिएको छ ।

उपचारका लागि आएका भोला मण्डल भन्छन, सरकारले मधेशीलाई केही गर्दैन भन्ने जुन भ्रम थियो । त्यो तोडिएको छ । आज हजारौँ हजार मधेशीले सेवा लिएका छन् । उनले सीमा पारी अर्थात भारतीय सेनाले गर्ने स्वास्थ्य शिविरमा नेपालीले देखाउन नपाउने गरेको भन्दै तर भारतबाट आएका सबैले शिविरमा स्वास्थ्य परीक्षण गराएको बताए । ‘लगभग तीन भागको एक भाग त उतै(भारत)बाट आएको मान्छे छ,’ उनले भने ।

स्वास्थ्य मन्त्री गगन थापाको पहलमा मन्त्रालयले सेनासंग सहकार्य गरेर शिविर चलाएको हो । यसअघि भूकम्पका बेला स्वास्थ्य र नेपाली सेनाबीच उपचारमा सहकार्य भएपनि यस्तो खालको बृहत शिविर भएको थिएन । सेनाले शिविर भोलीसम्म अर्थात १४ चैत सम्म मात्रै सञ्चालन गर्ने बताएको छ ।

शिविरका केही तस्विरहरु :

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *