प्रजनन् स्वास्थ्य शिविरबाट तीन सय महिला लाभान्वित

0
Shares

त्रिशूली, १० चैत । स्वास्थ्य उपचारमा सबै नागरिकको पहुँच पु¥याउने स्वास्थ्यमन्त्री गगनकुमार थापाले घोषणा गरेअनुसार नुवाकोटको बट्टारबाट प्रजनन् स्वास्थ्य शिविरको राष्ट्रिय कार्यक्रम सुरु भएको छ ।

मुलुकको ग्रामीण क्षेत्रमा रहेका महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी उपचार पु¥याउने उद्देश्यले सुरु भएको सो शिविरमा महिलाले स्त्रीरोग सम्बन्धी स्वास्थ्य परीक्षण गराएका छन् ।

स्वास्थ्य मन्त्रालय, स्वास्थ्य सेवा विभाग परिवार स्वास्थ्य महाशाखाको आयोजनामा भएको उक्त प्रजनन् स्वास्थ्य शिविरमा तीन सय पाँचजना महिलालाई परिवार नियोजन सेवा, पोषण परामर्श, पाठेघरको मुखको क्यान्सर तथा आङ खस्ने समस्याको जाँच, सुरक्षित गर्भपतन परामर्श सेवासहित निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको महाशाखा प्रमुख डा नरेशप्रताप केसीले जानकारी दिए ।

शिविरमा जाँच गर्न आएकामध्ये दुई सय ७१ जनाको पाठेघर परीक्षण, तीन जनालाई पाठेघरको शल्यक्रियाको लागि सिफारिस गरिएको छ । महाशाखा प्रमुख डा केसीका अनुसार शिविरमा जाँच गराउन आएका अधिकांश महिलाको पाठेघरको मुखको क्यान्सर भएको पाइएकाले सरकारको तर्फबाट उपचारमा प्रदान गरिँदै आएको रु एक लाख सहयोगको जानकारी र उपचारको लागि परामर्श दिइएको थियो ।

शिविरमा जाँच गर्न आएकालाई स्त्री रोग विशेषज्ञ डा पुन्या पौडेल, डा मीरा थापा, डा सरिता घिमिरेले स्वास्थ्य परीक्षण तथा परामर्श दिएका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *