रेबिज भ्याक्सिन नहुँदा बिरामी मर्कामा

124
Shares

जाजरकोट, ८ चैत । जिल्ला स्वास्थ्य कार्यालयमा एक हप्तादेखि रेबिजविरुद्ध लगाउने एन्टिरेबिज भ्याक्सिन नहुँदा समस्या भएको छ ।

दैनिक एन्टिरेबिज भ्याक्सिन लगाउने बिरामी आए पनि रित्तो हात फर्कने गरेको कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयबाहेक अन्य ठाउँमा भ्याक्सिन नपाइने भएपछि बिरामी हैरान हुँदै नेपालगन्ज र रुकुमको चौरजहारी मिसन अस्तालमा जँचाउन बाध्य भएको त्रिवेणीनलगाड नगरपालिका–८ का रुद्र खत्रीले बताए ।

बहुलाएको कुकुर र स्यालले टोक्दा रेबिज नलागोस् भनी लगाइने एन्टिरेबिज भ्याक्सिन जिल्ला स्वास्थ्य कार्यालयमा नहुँदा ग्रामीण क्षेत्रमा समेत पठाउन सकिएको छैन । भ्याक्सिन क्षेत्रीय स्वास्थ्य निर्देशनालयमा समेत नभएको कार्यालयले बताएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *