विश्व स्वास्थ्य मुख दिवस

52
Shares

इटहरी, ७ चैत । विश्व स्वास्थ्य मुख दिवसको अवसर पारेर सुनसरीको इटहरी उपमहानगरपालिका क्षेत्रमा वृहत जनचेतना ¥याली निकालिएको छ ।

इटहरी उपमहानगरपालिकामा रहेको प्राथमिक स्वास्थ्य केन्द्रबाट निकालिएको जनचेतना ¥यालीका सहभागिले मानिसको मुख तथा मुखजन्य क्षेत्रमा हुने रोग र त्यसबाट मानिसको स्वास्थ्यमा पुग्नसक्ने हानीनोक्सानी एवम् क्षतिका विषयमा सर्वसाधारणलाई जागृत गराई मुखमा हुने खराबीबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा लेखिएका ब्यानरसहित नगरको परिक्रमा गरेका थिए ।

स्वास्थ्य स्वयम्सेवी, चिकित्सकलगायतको सक्रिय सहभागितामा भएको सो कार्यक्रममा डा मना विक्रम, डा इन्द्रनारायण पाठक, इटहरी उपमहानगरपालिकाका कार्यकारी अधिकृत टीकादत्त राईलगायतले आफ्नो धारणा राखेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *