क्षयरोग संस्थाको अध्यक्षमा पुनः प्रधान

0
Shares

विराटनगर, ६ चैत । नेपाल क्षयरोग निवारण संस्थाको केन्द्रीय अध्यक्षमा देवेन्द्रबहादुर प्रधान निर्विरोध चयन हुनुभएको छ । उनी यसअघि पनि अध्यक्ष थिए।

विराटनगरमा शनिबार सम्पन्न १०औँ केन्द्रीय महाधिवेशनबाट उनी निर्विरोध निर्वाचित हुनुभएको भए पनि अन्य पदमा निर्वाचन प्रक्रियाद्वारा छनोट गरिएको हो ।

सोअनुसार १६ सदस्यीय कार्यसमितिमा अम्बिकाप्रसाद उपाध्याय, अरुणप्रताप राणा, इन्द्रप्रसाद श्रेष्ठ, वसन्तकुमार नेपाल, बेदप्रसाद काजु, विजयानन्द झा, मदनकाजी श्रेष्ठ, मदनगोपाल मैनाली, राधादेवी मास्के, राजकिशोरप्रसाद यादव, सुदर्शनबहादुर शाक्य, प्रेमराज शाक्य र हिरादेवी शर्मा निर्वाचित भएका छन्।

सो अधिवेशनमा ३३ जिल्लाका ११९ जना प्रतिनिधि सहभागी भएको प्रचारप्रसार उपसमितिका संयोजक डा सन्देशदास श्रेष्ठले बताए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *