नेपालगञ्जमा संकलित ७८ प्रतिशत रगत महिलामा प्रयोग

0
Shares

नेपालगञ्ज ५ चैत । जिल्लामा संकलित कुल रगत मध्ये ७८ प्रतिशत महिलाहरुको उपचारमा प्रयोग हुने गरेको छ । महिलाहरु गर्भवती तथा सुत्केरी हुँदा, सिकलसेलका विरामीलाई तथा रजस्वलाका कारण रक्त अल्पता हुने महिलामा प्रयोग गरिने गरेको छ ।

रक्तसञ्चार केन्द्र नेपालगञ्जका अनुसार संकलित रगतमध्ये ८८ प्रतिशत संस्थागत तथा व्यक्तिगत स्वयंसेवकबाट प्राप्त हुने गरेको छ ।

रक्तदानमा संस्थाहरुको सहभागिता बढ्नाका साथै माग पनि त्यही अनुपातमा बढेको जनाइएको छ । “रगतको अभावमा कुनै पनि बिरामीको ज्यान नजाओस् भन्ने उद्देश्यका साथ स्वयम्सेवकको सङ्ख्या अझ वृद्धि गर्न बाँके रेडक्रसले प्रचारमुखी अभियान सञ्चालन गर्दै आएको छ”, रेडक्रस बाँकेका प्राविधिक अधिकृत उपेन्द्र रेग्मीले भने ।

जिल्लामा रक्त सङ्कलनमा बढोत्तरी भएपछि रगतको अभावमा बिरामीका आफन्त भौँतारिनुपर्ने र बिरामीको अकालमा ज्यान जाने अवस्थाको समेत अन्त्य भएको जनाइएको छ ।

स्वयंसेवक रक्तदाताका साथै जिल्लाका राजनीतिक दलका कार्यकर्ता, विभिन्न सामाजिक तथा पेसागत सङ्घसङ्गठनले समय समयमा गर्ने रक्तदानले रगतको अभाव हुन नदिन ठूलो सहयोग पु¥याएका छन् । रक्तदानका लागि महिलाको सहभागिता पुरुषको तुलनामा कम रहेकाले उनीहरुको सहभागिता बढाउने प्रयास पनि थालिएको छ । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *