स्वास्थ्य बीमाको उपचार कान्ति अस्पतालमा पनि शुरु

700
Shares

काठमाडौँ, ४ चैत । स्वास्थ्य विमा कार्यक्रममा दर्ता भएका बालबालिकाको उपचार कान्ति बाल अस्पतालमा सुरु भएको छ । अस्पतालले विमा बापतको उपचार विहीबारबाट सुरु गरेको जनाएको छ ।

अस्पतालका निर्देशक डा अजित रायमाझीले विमा कार्यक्रममा सहभागी भएका बालबालिकाको उपचार कान्तिमा सुरु भएको जानकारी दिए । विमामा सहभागी बालबालिकाहरुको उपचार गर्ने केन्द्रीय अस्पतालको रुपमा यो अस्पतालले सेवा दिनेछ ।

विशेगरी जिल्ला क्षेत्रबाट रिफर भएर आएका विरामी बालबालिकाको उपचार दिन थालेको हो । उनले विमामा समेटिएका बिरामी बालबालिकाको अलग्गै पहिचान हुने व्यवस्था मिलाइएको र उपचार समेत सहज रुपमा हुने बताए ।

सरकारले गत चैत देखि स्वास्थ्य विमा कार्यक्रम सुरु गरेको छ । सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिले सञ्चालन गरेको यो कार्यक्रम अहिलेसम्म देशका ८ जिल्लामा यो कार्यक्रम सुरु भईसकेको छ ।

पाँच सदस्य रहेको एक परिबारले २ हजार ५ सय प्रतिवर्ष तिरेपछि त्यसबापत ५० हजारसम्मको उपचार सेवा प्रदान गर्नेछ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *