घरमा सुतिरहेकी सुत्केरी महिला बलात्कृत

784
Shares

रुकुम, ४ चैत । यहाँकी एक सुत्केरी महिला बलात्कृत भएकी छन् । जिल्लाको झुला गाविसकी– २९ वर्षीया सुत्केरी महिला घरमा सुतिरहेको अवस्थामा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।

गत सोमबार राति घरमा एक्लै सुतिरहेको अवस्थामा ढोका फोरेर बाँफिकोट– ४ का धनवीर विटालुले जबरर्जस्ती करणी गरेको बयान ती महिलाले दिएको प्रहरी निरीक्षक थमनबहादुर रजालीले जानकारी दिए । विटालुलाई जबरर्जस्ती करणी उद्योग र चोरी अपराधमा मुद्दा चलाइएको उनले बताए ।

घटनाको बारेमा थप अनुसन्धानमा समस्या नहोस् भनेर बाहिर जानकारी ढिला दिएको प्रहरीको भनाइ छ । पीडित महिलाका श्रीमान् कामको सिलसिलामा सदरमुकाम मुसिकोट खलङ्गामा बस्दै आएका छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *