हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान

बर्दिया, २ चैत । हात्तीपाइले रोगको उच्च जोखिममा रहेका बर्दिया जिल्लामा हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने अभियान सञ्चालन हुने भएको छ । चैत ५ देखि ७ गतेसम्म उक्त अभियान सञ्चालन हुँदैछ ।

जिल्ला जनस्वास्थ्य कार्यालय बर्दियाले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा जिल्लाको कुल जनसङ्ख्या चार लाख ५९ हजार ४९९ मध्ये चार लाख २६ हजार ७७५ जनालाई हात्तीपाइले रोग विरुद्ध औषधि खुवाउने कार्यक्रम रहेको जानकारी दिइएको छ ।

उक्त अभियानलाई सफल बनाउनका लागि एक हजार आठ सय ९१ कर्मचारी खटाइने छ । तीमध्ये दुई सय ५९ स्वास्थ्यकर्मी, आठ सय ३१ महिला स्वास्थ्य स्वयम्सेविका र आठ सय एक जना अन्य स्वयम्सेवक रहेको जिल्ला जनस्वास्थय कार्यालय बर्दियाका प्रमुख महेन्द्रध्वज अधिकारीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *