स्वास्थ्यको निजामती कर्मचारी युनियनमा रावल

3.1k
Shares
बीर बहादुर रावल

काठमाडौँ, ३० फागुन । नेपाल निजामती कर्मचारी युनियन(संघ)को स्वास्थ्य मन्त्रालय विभागीय कार्य समितिको अध्यक्षमा बीर बहादुर रावल निर्विरोध निर्वाचित भएका छन् ।स्वास्थ्य मन्त्रालयय स्वास्थ्य सेवा विभागको आज सम्पन्न सातौँ विभागीय अधिवेशनबाट रावल निर्वाचित भएका हुन् ।

अधिवेशनबाट उपाध्यक्ष त्रयमा चिरिन्जीवी घिमिरे, मिठ्ठु पाठक, अमर माझी निर्वाचित भएका छन् । त्यस्तै कोषाध्यक्षमा झक्कुप्रसाद पाण्डे, सचिवमा गोपाल अधिकारी र सहसचिवमा खिमराज रिजाल निर्वाचित भएका छन् ।

नवनिर्वाचित सदस्यहरुमा सुरेश शर्मा, बासु अधिकारी, प्रकाश काफ्ले, गिता अधिकारी, डा बुद्धिप्रसाद पौडेल, रविचन्द्र घिमिरे, उत्तमराज प्याकुरेल र शर्मिला तिवारी छन् ।

समितिको केन्द्रीय प्रतिनिधीमा दीपक दाहाल र कृष्णराज पौडेल चुनिएका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *