सीअहेवको मृत्युपछि स्वास्थ्य मन्त्रीको प्रतिक्रिया: ‘स्तब्ध भएको छु’

6.1k
Shares

काठमडौँ, २५ फागुन । स्वास्थ्य मन्त्री गगन थापाले सप्तरी घटनामा स्वास्थ्यकर्मी समेत मृत्यु भएको खवरले आफू स्तव्ध भएको बताएका छन् । मंगलबार बेलुका ट्वीट गर्दैै उनले साहको परिवार र सम्पूर्ण स्वास्थ्यकर्मी समक्ष समवेदना प्रकट गरेका छन् ।

सोमबारको घटनामा डिमन स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मी सीअहेव आनन्दकुमार साहको मृत्यु भएको थियो ।मन्त्री थापाले साहको परिवारमा सरकारको तर्फबाट गर्नुपर्ने दायित्व पुरा गर्ने बचन दिएका छन् । ट्वीटमा भनेका छन, ‘यस घटनाले साहको परिवारलाई पुगेको चोट अपुरणीय छ । हाम्रो कुनै कदमले यसलाई पुरा गर्न सक्दैन । यद्धपी हाम्रो तर्फबाट परिवारको लागि गर्नुपर्ने सम्पूर्ण दायित्व पुरा गर्नेछौँ ।’

उनले स्वास्थ्यकर्मीहरुलाई बाताबरण सहज बनाउन र घटनाका घाईतेहरुको उपचारमा लाग्न समेत स्वास्थ्यकर्मीहरुलाई आग्रह गरेका छन् । उनले भनेका छन, ‘यतिवेला आफ्नै एक साथीलाई गुमाउनुपरेको दुखका बीचमा पनि आ आफ्नो कार्यस्थलमा रही घाईते भएकाहरुको उपचार र आवश्यक स्वास्थ्य सेवामा लाग्न र उच्च मनोवलका साथ काम गर्न सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई अपिल गर्न चाहन्छु ।’

यस्तो छ मन्त्री थापाको ट्वीट

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *