निजामती अस्पतालको क्षमता विस्तार गरिने

148
Shares

काठमाडौँ, २४ फागुन । नयाँ बानेश्वरस्थित निजामती कर्मचारी अस्पतालको क्षमता विस्तार गरिने भएको छ ।

चीन सरकारले सहयोगमा करिब सय श्ययाको तीनतले नयाँ भवन बनाएर क्षमता विस्तार गर्न थालिएको सामान्य प्रशासन मन्त्रालयमा प्रवक्ता शिवराम न्यौपानेले जानकारी गराए । उनका अनुसार भवन बनाउनका लागि चीन र नेपाल सरकारबीच सम्झौतासमेत भइसकेको छ ।
अहिले रहेको भवनको पश्चिमतिर अत्याधुनिक भवन बनाउन लागिएको हो । ‘‘चीन सरकारले भवन बन्ने ठाउँको स्थलगत अवलोकन गरिसकेको छ’’,उनले भने,‘‘सन् २०१८ सम्म भवन बनाइसक्ने योजना रहेको छ ।’’

यसअघि पनि चीन सरकारको सहयोगमा नै उक्त अस्पताल विसं २०६५ मा सञ्चालनमा आएको हो । अहिले अस्पतालमा एक सय ३४ श्यया छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *