प्रहरीलाई निःशुल्क स्वास्थ्य सेवा

116
Shares

जुम्ला, २२ फागुन । हिमाली जिल्ला जुम्लामा पहिलोपटक जिल्ला प्रहरी कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ ।

मध्यपश्चिम क्षेत्रीय प्रहरी कार्यालय नेपालगन्जबाट आएको डा रोशनकुमार निराला नेतृत्वको ६ सदस्यीय टोलीले शनिबार कार्यालय परिसरभित्रै प्रहरी कर्मचारीलाई निःशुल्क स्वास्थ्य चेकजाँच गरेको हो ।

शिविरमा प्रहरी सङ्गठन भित्रका कर्मचारी र तिनका परिवारका सदस्यको उपचार गरिएको निमित्त प्रहरीनायब उपरीक्षक गोपीन्द्रबहादुर खड्काले जानकारी दिए । शिविरमा ५२ पुरुष र १२ महिला गरी ६४ जनाको निःशुल्क चेकजाँच गर्नुका साथै उनीहरुलाई आवश्यक औषधि पनि वितरण गरिएकोे थियो ।

डा निरालाले प्रहरी सङ्गठनभित्र निःशुल्क स्वास्थ्य जाँच गरिएको कर्णालीमा यो पहिलोपटक हो भने । “खासगरी प्रहरी कर्मचारीभित्र भएको रोगको स्क्रिनिङ गर्ने, प्रहरी सङ्गठनका सदस्यलाई रोग लागेमा प्रहरी हस्पिटल छ भन्ने कुरा अन्तरक्रियामार्फत जानकारी दिने उद्देश्यले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन अभियान अगाडि बढाएका हौँ” डा निरालाले भने । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *