बैतडीका डा. गुणराज अवस्थी गुल्मी आईपुगे, भोजपुरमा डा. त्रिभुवन चन्द्र झा
काठमाडौँ,१८ फागुन । स्वास्थ्य मन्त्रालयले केही जिल्लाका जनस्वास्थ्य प्रमुखहरु परिवर्तन गरेको छ । मंगलबार मन्त्रीस्तरीय निर्णयमार्फत जनस्वास्थ्य प्रमुखहरु परिवर्तन गरेको हो ।
मंगलबारको निर्णय अनुसार बैतडीका जिल्ला जनस्वास्थ्य प्रमुख रहेका डा गुणराज अवस्थीलाई गुल्मीमा पठाइएको छ । मोरङमा रहेका चिकित्सक डा त्रिभुवन चन्द्र झालाई भोजपुर जिल्ला अस्पतालको मेसु बनाइएको छ ।
उता नुवाकोटको जनस्वास्थ्य प्रमुख समेत फेरिएका छन् । नुवाकोट जिल्ला स्वास्थ्य कार्यालयको प्रमुखमा बसन्त अधिकारीलाई लगिएको छ । त्यहाँका प्रमुख प्रणव उपाध्यायलाई पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ्यमा दरबन्दी राखेर मन्त्रालयको पुर्न निर्माण शाखाको जिम्मेबारी दिइएको छ ।
उता सुर्खेतको जिल्ला स्वास्थ्य कार्यालयमा रुपन्देहीबाट शम्भु ज्ञवाली पठाइएको छ । रुपन्देहीमा पश्चिमाञ्चल क्षेत्रीय कार्यालयबाट केहरसिंह गोदार पुगेका छन् ।
सम्पर्क इमेल : [email protected]