डा. शेखर कोइरालाको मोतिविन्दुको शल्यक्रिया तिलगंगा आँखा प्रतिष्ठानमा
काठमाडौँ, १८ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता एवं केन्द्रीय सदस्य डा शेखर कोइरालाले आफ्नो आँखाको मोतिविन्दुको शल्यक्रिया गराएका छन् ।
एक साता अघि तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर डा कोइरालाले आफ्नो आँखाको शल्यक्रिया गराएका हुन् ।
प्रतिष्ठानद्धारा बुधबार जारी विज्ञप्ती अनुसार शल्यक्रिया पश्चात डा कोइरालाले आफ्नो आँखामा प्रतिष्ठानमै उत्पादन भएको इन्ट्राअकुलर लेन्स समेत हालेका छन् ।
उपचार पछि प्रतिक्रिया दिँदै डा कोइरालाले आँखा उपचारमा नेपाल पूर्णरुपमा सक्षम रहेको बताए । प्रतिष्ठानले बरिष्ठ व्यक्तिहरुले आफूकहाँ आएर उपचार गराउँदा जनमानसमा सकारात्मक धारणा उत्पन्न भएको जानकारी दिएको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 




