सरकार र डेन्टल साइन्स हाइजेनिस्ट एसोसियसनबिच सहमति, आन्दोलन फिर्ता

0
Shares

काठमाडौँ, ८ मंसिर । आन्दोलनरत डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन अफ नेपालका प्रतिनिधि र सरकार पक्षका अधिकारीहरूबिच आठ बुँदे सहमति भएको छ ।

एसोसिएसनले सोमबार (हिजो) देखि १० बुँदे माग अघि सार्दै नेपाल स्वास्थ्य व्यवसायी परिषद्मा तालाबन्दीसहित रिले अनशन सुरु गरेको थियो।

सहमतिअनुसार डेन्टलको नियमावलीमा रहेको चुनावको क्लस्टरलाई छुट्टै व्यवस्था गरी चुनावबाटै प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने तथा २०८२ माघ ४ गतेको सहमति, परिषद् सदस्य थपघट र भत्तासम्बन्धी विषयलाई आगामी पहिलो मन्त्रिपरिषद् बैठकमा लैजाने लगायतका सहमति भएको छ ।

सहमतिसँगै आन्दोलनरत पक्षले आजैदेखि रिले अनशन अन्त्य गर्ने र तालाबन्दी खोल्ने निर्णय गरेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *