४० हजारमा न्युरो सर्जरी, जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क

0
Shares

विराटनगर, ११ फागुन । विराटनगरस्थित गोल्डेन अस्पतालले आफ्नो छैंँठौँ वार्षिकोत्सवको अवसरमा न्युरो सर्जरीकालागि बढीमा रु४० हजारसम्म लिने घोषणा गरेको छ ।

जस्तोसुकै गम्भीर प्रकृतिको न्युरो सर्जरी गर्नुपर्ने भए पनि सोभन्दा बढी रकम नलिने अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले बताए ।

यसैगरी जिल्लाका पत्रकारको उपचार पनि निःशुल्क गर्ने तर शल्यक्रिया गर्दा चिकित्सकलाई तिर्नुपर्ने रकम मात्र लिने उनले जानकारी दिए ।

वार्षिकोत्सवमा अस्पतालका प्रबन्ध निर्देशक डा श्याम रौनियारले यस वर्षका उत्कृष्ट कर्मचारीको रुपमा मोहम्मद नाजिमलाई पुरस्कृत गर्नुका साथै अन्य सात कर्मचारीलाई पनि सम्मान गरे ।

अस्पताल सञ्चालक समितिका अध्यक्ष दुलारचन्द रौनियारको अध्यक्षतामा भएको कार्यक्रममा डा शिव अधिकारी, डा मनोजकुमार श्रीवास्तव, गौतमराज प्रधान, गोविन्दप्रसाद लुइँटेललगायतले अस्पतालले प्रदान गरेको सेवाबारे चर्चा गरेका थिए । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *