औषधि व्यवस्था विभागले निकाल्यो यस्तो सूचना ! ‘कानून अनुसार गर्नुपर्ने तर गरेपछि कारबाही भोग्नुपर्ने’

3.0k
Shares

काठमाडौँ , ९ फागुन । आयातित औषधिको अधिकतम खुद्रा मूल्य (एमआरपी) नियन्त्रण गर्ने सम्वन्धमा औषधि व्यवस्था विभाग(डीडीए)ले सोमबार प्रकाशित सूचनामा गम्भिर त्रुटि भेटिएको छ । आज गोरखापत्रमा प्रकाशित डीडीएको सूचनामा औषधि आयातकर्ताले कानून अनुसार गर्नुपर्ने तर गरेमा कारबाही हुने जानकारी गराईएको छ ।

सूचनाको अन्त्यतिर यस्तो भनिएको छ ‘तसर्थ औषधि दर्ता कार्यविधि २०७३ मा भएको व्यवस्था बमोजिम निर्यात गर्ने सम्वन्धित देशको अधिकतम खुद्रा मूल्य(एमआरपी) भन्दा अधिक हुने गरि मूल्य नराखी औषधिको पैठारी तथा बिक्री बितरण गर्न गराउन हुन सबै औषधि पैठारीकर्ता , औषधि बिक्रैताहरुलाई जानकारी गराईन्छ ।’  र अन्त्यमा भनिएको छ , ‘यो व्यवस्था बमोजिम औषधि पैठारी तथा बिक्री वितरण गर्ने पैठारीकर्ता तथा औषधि विक्रेतालाई कानून बमोजिम कारबाही गरिने व्यहोरा समेत जानकारी गराइन्छ ।’

हेर्नुहोस आजको सूचना

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *