कांग्रेस महामन्त्रीमा प्रदीप पौडेल सहित ३ जना निर्वाचित

काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसको महामन्त्रीमा पूर्व स्वास्थ्य मन्त्री प्रदीप पौडेल सहित तीन जना निर्वाचित भएका छन् ।
पार्टीको १५ औँ महाधिवेशन अन्तर्गत गत शुक्रबार सम्पन्न मतदानबाट पार्टी महामन्त्रीमा पौडेल सहित उदयशम्शेर राणा र डिला संग्रौला निर्वाचिन भएका हुन् ।
खुला महामन्त्री तर्फ पौडेलले ४ हजार १९४ र राणाले २ हजार ३३० मत र महिला महामन्त्रीमा डा डिला संग्रौला (पन्त) ले ३ हजार ११८ मतसहित विजयी भएका हुन् ।
खुला महामन्त्रीतर्फका अन्य प्रत्यासीहरुमा डा सुनिलकुमार शर्माले २ हजार २५७, गुरुराज घिमिरेले १ हजार ५१३, नैनसिंह महरले १ हजार १३४, अमरसिंह पुनले १ हजार १२५, शंकर तिवारीले १२३ र डा सन्तोष उपाध्यायले ९७ मत पाएका छन् ।
महिला प्रतिस्पर्धी महालक्ष्मी उपाध्याय (डिना) ले २ हजार ८६४ र रीता खनालले ८०४ मत पाएका छन् ।
उपसभापति पदमा भने चन्द्र भण्डारी, मधु आचार्य र विनोद चौधरी निर्वाचित भएका छन् ।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



