सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन सदस्य नियुक्त

काठमाडौँ, १६ असोज । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल विकास समितिमा अध्यक्षसहित तीन जना नियुक्त गरेको छ।
मन्त्रालयले अस्पताल विकास समितिको अध्यक्षमा भीमकान्त लामिछाने तथा सदस्यमा मधु न्यौपाने र सञ्जय पाण्डेलाई नियुक्त गरेको हो।
नवनियुक्त अध्यक्ष तथा सदस्यहरुले शुक्रबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



