दृष्टि प्रदा जाँच सेवा सुरु
दाङ, ३ फागुन । रक्षाचौरस्थित राप्ती आँखा अस्पतालले विशेषज्ञ सेवासँगै दृष्टि प्रदा जाँच सेवा सुरु गरेको छ ।
अस्पतालले दृष्टि प्रदा जाँच मेसिन खरिद गरी आजदेखि सेवा सुरु गरेको अस्पतालका नेत्र विशेषज्ञ ओमप्रकाश यादवले जानकारी दिए ।
रु ९० लाखको लागतमा तीनवटा उपकरण खरिद गरी सो अस्पताल र अन्तर्गतका लमही आँखा अस्पताल, बहादुरगन्ज आँखा अस्पतालमा उक्त सेवा सुरु गरेको अस्पतालले जनाएको छ ।
यो यो उपकरणले आँखामा जलबिन्दु भए नभएको र आँखाको दृष्टि कस्तो छ सहजै थाहा हुने नेत्र विशेषज्ञ यादवले बताए । यसअघि अस्पतालमा सो सेवा नहुँदा आँखाका बिरामीलाई अस्पतालले अन्यत्र पठाउँदै आएको थियो । रासस
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



