औषधी आयातकर्ता संघका अध्यक्ष आचार्य कांग्रेस महाधिवेशन प्रतिनिधिमा निर्वाचित

मियानका केन्द्रीय सदस्य डा. अन्सारी एमालेको केन्द्रीय सदस्यमा मनोनित
48
Shares

काठमाडौँ, १५ असोज। नेपाल औषधि आयातकर्ता संघ (मियान) का अध्यक्ष पवन आचार्य नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्।

कांग्रेसको १५ औँ महाधिवेशनका लागि भएको महाधिवेशन प्रतिनिधि चयनको निर्वाचन प्रक्रियामा दाङबाट निर्वाचित भएका हुन्। उनी दाङ क्षेत्र नम्बर २ बाट खुला तर्फ उम्मेदवार बनेका थिए।

महाधिवेशन प्रतिनिधिका लागि सो क्षेत्रबाट कुल २८ जना उम्मेदवार बनेकोमा १० जना निर्वाचित हुँदा आचार्य त्यसभित्र अटाएका हुन्।

निर्वाचित बनेलगत्तै आचार्यले सामाजिक संजालमार्फत निर्वाचन प्रक्रियामा सहभागी क्षेत्रीय प्रतिनिधि, शुभचिन्तक, अग्रज लगायत सबैलाई आफुलाई महाधिवेशन प्रतिनिधि निर्वाचित गराएकोमा धन्यवाद ब्यक्त गरे।

मियानका अर्का सदस्य डा. अन्सारी एमालेको केन्द्रीय सदस्यमा मनोनित


मियानका केन्द्रीय सदस्य डा अबुल हुसेन अन्सारी नेकपा (एमाले)को केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।

अघिल्लो हप्ता सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले डा अन्सारीलाई केन्द्रीय सदस्यमा मनोनित गर्ने निर्णय गरेको हो ।

अन्सारी नेपाली कांग्रेस परित्याग गरि गतवर्ष मात्रै एमालेमा प्रवेश गरेका थिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *