सल्यानमा फैलियो स्क्रब टाइफस

12
Shares

काठमाडौँ, १४ असोज । सल्यानमा ४५८ जनमाा ‘स्क्रब टाइफस’ संक्रमण पुष्टि भएको छ । सल्यानका सात पालिकामा फैलिएको कीटजन्य सरुवा रोग ‘स्क्रब टाइफस’ बाट ४५८ जना सङ्क्रमित भएका हुन् ।

स्वास्थ्य सेवा कार्यालय सल्यानको पछिल्लो अद्यावधिक विवरण अनुसार जिल्लाभर सरकारी र निजी दुवै क्षेत्रका स्वास्थ्य संस्थामा दुई हजार ३२२ जनाको परीक्षण गर्दा ४५८ जनामा सङ्क्रमण पुष्टि भएको हो । जिल्लाको सङ्क्रमण दर १९.७२ प्रतिशत रहेको स्वास्थ्य सेवा कार्यालयले जनाएको छ ।

सङ्क्रमणको विवरण अनुसार महिला यस रोगको उच्च जोखिममा परेका छन् । जम्मा ४५८ जना सङ्क्रमितमध्ये ७८.६० प्रतिशत अर्थात् ३६० जना महिला र २१.४० प्रतिशत अर्थात् ९८ जना मात्र पुरुष रहेका छन् ।

खेतबारी, घाँस, दाउरा र पशुपालनको काममा महिलाको प्रत्यक्ष संलग्नाता बढी हुने भएकाले उनीहरूमा माइट (सूक्ष्म किरा) को टोकाइको जोखिम अत्यधिक देखिएको स्वास्थ्यकर्मीको भनाइ छ ।

जिल्लाभर ज्यान गुमाउनेको संख्या आठ पुगेको छ, जसमा एक जना महिला र सात जना पुरुष रहेका छन् ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *