मारुती फार्मालाई ‘इन्स्पायरिङ बिजनेस अवार्ड’

12
Shares

काठमाडौं । मारुती फार्मा प्रालि ‘इन्स्पायरिङ बिजनेस अवार्ड-२०२६’ बाट सम्मानित भएको छ। कम्पनीले नेपालमा उत्कृष्ट डर्मा कम्पनीको अवार्ड प्राप्त गरेको जनाएको छ।

कम्पनीका अनुसार छालासम्बन्धी स्वास्थ्य सेवामा निरन्तर योगदान, नवीन उत्पादन तथा गुणस्तरीय डर्मा केयरमा केन्द्रित प्रयासको मूल्याङ्कन गर्दै उक्त सम्मान प्रदान गरिएको हो।

अवार्डले छालाको स्वास्थ्य, नवीनता र स्वस्थ समुदाय निर्माणका लागि कम्पनीले गर्दै आएको प्रयासलाई थप प्रोत्साहन मिलेको मारुती फार्माले जनाएको छ।

सम्मानपछि कम्पनीले आफ्ना उत्पादन तथा सेवाको यात्रामा साथ दिने चिकित्सक, स्वास्थ्यकर्मी, व्यवसायिक साझेदार, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

कम्पनीले आगामी दिनमा पनि डर्मा केयरका क्षेत्रमा नवीनता र गुणस्तरीय सेवामा निरन्तर काम गर्ने जनाएको छ।

 

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *