भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको अनुरोध

0
Shares

काठमाडौं ५ असोज । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री-वितरण र अतिरञ्जित तथा भ्रामक प्रचार-प्रसार तत्काल रोक्न कडा निर्देशन दिएको छ। परिषद्ले असोज ५ गते सूचना जारी गर्दै यस्ता गैरकानुनी गतिविधि १५ दिनभित्र बन्द गर्न/गराउन सम्बन्धित सबैलाई आग्रह गरेको हो।

दर्ता नभएका औषधिहरू बिक्री-वितरण गर्ने, ठूला-ठूला अक्षरमा क्यान्सर, पाइल्स जस्ता जटिल रोगहरूको नाम लेखेर सर्वसाधारणलाई भ्रमित पार्ने तथा ‘चट्टै निको हुन्छ, निको नभए पैसा फिर्ता हुन्छ’ जस्ता भ्रामक विज्ञापन र प्रचार-प्रसार गर्ने कार्यहरू कानुन विपरीत भएको परिषद्ले जनाएको छ।

परिषद्द्वारा जारी सूचनामा भनिएको छ, ‘कोही कसैले त्यस्ता किसिमका गतिविधिहरू गरे/गराएको भए १५ (पन्ध्र) दिन भित्र त्यस्ता किसिमका गतिविधिहरू बन्द गर्नु/गराउनुहुन आयुर्वेद चिकित्सा परिषद् हार्दिक अनुरोध गर्दछ।’

यस सूचनाको बेवास्ता गरी अवाञ्छनीय कार्य तथा गतिविधिहरू निरन्तर गरेमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनीसमेत परिषद्ले दिएको छ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *